नरेश फुयांल,जेष्ठ–१९,काठमाण्डौ । पार्टी नेतृत्वसंग असन्तुष्ट माओवादी मोहन बैद पक्षले समानुपातीक समाबेशीताका आधारमा गोलमेच सभा गर्न माग गरेको छ ।
सोही सभाबाट सर्बपक्षीय सरकार गठन गर्नु पर्ने र संविधान जारी गर्नु पर्ने उसको माग छ । अब पनि संविधान सभाको निर्वाचन गर्नु अबैधानीक भएको बैद्य पक्षको ठहर छ ।
बैद्य पक्षले असार १ गते राष्ट्रिय भेला बोलाएको छ । सो पक्षको हिजो र आज बसेको केन्द्रिय समितिको बैठकले असार १ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको आज पत्रकार सममेलन गरेर जानकारी दिएको हो ।