नरेश फुयांल,जेष्ठ–१९,काठमाण्डौ । आन्तरिक किचलो उत्कर्षमा पुगेपछि विभाजनको संघारमा पुगेको एकीकृत नेकपा माओवादीका दुवै पक्षको बैठक आज बसेका छन् ।
एकिकृत नेकपा माओवादीले बिस्तारीत बैठक बोलाएको छ । संस्थापन पक्षको आज बसेको केन्द्रिय समिति बैठकले असार १५ गतेबाट बिस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।
बिस्तारित बैठकको मुख्य एजेण्डा पार्टीको आन्तरीक बिवाद हल गर्ने हुने बैठकपछि माओवादी नेताहरुले जनाकारी दिएकहा छन् । यसैबिच बैठकले बैद्य पक्षलाई आपसी संबादबाट बिबादित बिषयमा सहमती गरेर अघी बढ्न आग्रह गरेको छ ।
बैद्य पक्षका नेतालाई कारबाही गरेर अघि बढ्नुपर्ने दबाब झेलिरहेका प्रचण्डले बैठक सुरु हुनु अघी पार्टी एकताको प्रयासमा बिहान अनौपचारिक छलफल गर्नु भएको थियो ।
तर अध्यक्ष प्रचण्डले पार्टी नेतृत्ववाट र उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पदवाट राजीनामा दिएमात्र एकता संभव हुने बैद्य पक्षको अडान छ ।