पार्टी एकताका लागी राजीनामा दिन तयार छु, प्रचण्ड
पार्टी एकताका लागी राजीनामा दिन तयार छु, प्रचण्ड
Added: 2012 June 01

नरेश फुयांल,जेष्ठ–१९,काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुने भए  आफू अध्यक्ष पद छाड्न तयार रहेको बताउनु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेसिरसडाँडामा आज दिउसो बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष मोहन बैद्यसँग भएको भेटमा एकताका लागि आफू बाधक भए अध्यक्ष पद छाड्न समेत तयार रहेको प्रस्ताव गरेको बताउनु भयो ।

नयाँ पार्टी गठनको तयारीमा जुटेको बैद्य पक्षले वर्तमान नेतृत्व असफल भएको भन्दै पार्टी एकताका लागि अध्यक्षको राजीनामालाई बटमलाईन बनाएको छ ।

पार्टी एकताका लागि बैद्यपक्षलाई आह्ृवान गरेको संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले असार १५ देखि १७ गतेसम्म विस्तारित बैठक बोलाएको छ । विस्तारित बैठक अघि बैद्य पक्षसँग सहमतिको प्रयास गर्ने र एउटै भेलाका लागि पहल गर्ने पोलिटव्युरो सदस्य गजुरेलले जानकारी दिनुभयो । संस्थापन पक्षले असार १ गते देशभर सभा गर्ने निर्णय गरेको छ ।

यता, वैद्यले भने नयाँ पार्टी गठनको प्रक्रिया सुरु भइसकेको बताउनु भएको छ । ललितपुरको कुपनडोलमा आज आयोजित पत्रकार सम्मेलनमा वैद्यले असार १ गते आफ्नो विचार मिल्ने पक्षको राष्ट्रिय भेला बोलाएको जानकारी दिनु भयो । भेलाले आगामी कार्ययोजना बनाउने वैद्यको भनाई छ ।

बैद्यले शान्तिपूर्ण ढंगले अघी बढ्न नदिए बन्दुक सम्म उठाउन सकिने चेतावनी दिनु भयो । उहाले संविधानसभाको अर्को निर्वाचन घोषणा अत्यन्तै हास्यास्पद भएको टिप्पणी गर्दै सर्वपक्षीय गोलमेचसभा मार्फत अन्तरिम संयुक्त सरकारको गठन हुनुपर्ने प्रस्ताव अघि सार्नु भयो ।

सोही सभाबाट सर्बपक्षीय सरकार गठन गर्नु पर्ने र संविधान जारी गर्नु पर्ने उहाको माग छ । संयुक्त सरकारले नयाँ संविधानको अधुरो काम पूरा गर्नु पर्ने बैद्यले बताउनु भयो । ।
तर अध्यक्ष प्रचण्डले पार्टी नेतृत्ववाट र उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पदवाट राजीनामा दिएमात्र एकता संभव हुने बैद्य पक्षको अडान छ ।


 

सम्बन्धित समाचारहरु