नेपालमै बन्यो हेलिकप्टर
नेपालमै बन्यो हेलिकप्टर
Added: 2012 June 04

नरेश फुयांल, जेष्ठ–२२, काठमाण्डौ । काठमाडौंको नीलोपुलमा फनिर्चर उद्योग सञ्चालन गदै आउनु भएका  अनिल गौतमले हेलिकोप्टर बनाउनु भएको छ ।
बुटवल स्थायी घर भएका गौतमले बनाएको हेलिकोप्टरमा २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग भएको छ । २६ वर्षीय  गौतमले १८ महिनाको अथक प्रयासमा हेलिकोप्टर बनाउँदा करिब ३० लाख खर्चे भएको परिवारले बताएका छन् ।

औपचारिक शिक्षा कक्षा ४ सम्म मात्र हासिल गर्नु भएका गौतमले अनुमति पाए हेलिकोप्टर उडाउन तयार भएको बताउनु भएको छ । त्रिलोक एयर नाम दिइएको उक्त हेलिकोप्टरमा चालक सहित ३ जना बस्न मिल्ने बनाइएको छ
 

सम्बन्धित समाचारहरु