सुनसरीको झुम्कामा मिलमा आगलागी हुंदा एक करोडको क्षति
सुनसरीको झुम्कामा मिलमा आगलागी हुंदा एक करोडको क्षति
Added: 2012 June 05

जेठ २३, काठमाडौ । सुनसरीको झुम्कास्थित एक उद्योगमा आगलागी हुंदा एक करोड मूल्य वढिको क्षति भएको छ ।

झुम्का स्थित गणेश लघु उद्योगमा विहान भएको आगलागीबाट सेलर मिलको सवै उपकरण र मिलमा भएको धान, चामल तथा लत्ताकपडा जलेर नष्ट भएको उद्योगका सञ्चालक भोलाप्रसाद साह रौनियारले जानकारी दिनुभयो ।

गएराती करिव १ बजे तिर लागेको आगो स्थानीयवासी, इटहरी, धरान र विराटनगरवाट ग्एको वारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरीको पहलमा विहान ६ बजेमात्र नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।  क्षतिको पूर्ण विवरण भने आउनबाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु