जेठ २३, काठमाडौ । शशस्त्र द्धन्दकालमा तत्कालिन नेकपा माओवादीले चितबनको बादँरमुडेमा यात्रु बाहक बसमा बिद्युतिय धराप विस्फोट गराउंदा ३८ जनाको ज्यान गएको आज ७ बर्ष पुरा भएको छ ।
२०६२ साल जेठ २३ गते आजका दिन माओवादीले यात्रु बसलाई एम्वुसमा पार्दा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी ७५ जना भन्दा बढि घाइते भएका थिए । चितबनको अध्योध्यापुरी ९ बाट सदरमुकाम भरतपुर आउँदै गरेको ना २ ख ३२४५ नम्बरको बस माओवादीले थापेको बिद्युतिय धरापमा परेको थियो ।
घटना भएको ७ वर्ष पूरा हुँदा पनि पीडितहरुले अझै राहत तथा न्याय पाएका छैनन् । माडीको बादँरमुढेमा घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज शोकसभा र दिप प्रज्वलन गरिँदैछ । पीडितहरुले हरेक वर्ष आजको दिनलाई कालोदिनका रुपमा संझदै आएका छन् ।