नरेश फुयांल, जेष्ठ–२३,काठमाण्डौ । दुवै मिर्गौलामा समस्या देखिएपछि गत हप्तादेखि काठमाडौँ मेडिकल कलेज जोरपाटीमा उपचार गराइ रहनुभएको एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य नन्दकिशोर पुन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।
स्वास्थ्यमा क्रमिक सुधार आएकाले पुनलाई थप उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । सरकार र पार्टीले उहाँलाई उपचारका लागी भारतमा जान आग्रह गरे पनि नेपालमै आफ्नो उपचार गर्ने बताउदै आउनु भएका पुनको शल्यक्रिया नै गर्नुपर्ने भए पनि शिक्षण अस्पतालमा गरिने बताइएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उपचार हुन नसक्ने अवस्था आए नेता पुनलाई भारत लैजाने व्यवस्था गर्न र त्यसको तयारी गर्न चिकित्सकहरुसंग आग्रह गर्नुभएको थियो ।