अध्यादेश मार्फत बजेट आए कांग्रेसले आन्दोलन गर्ने
अध्यादेश मार्फत बजेट आए कांग्रेसले आन्दोलन गर्ने
Added: 2012 June 11

नरेश फुयांल, जेष्ठ–२९,काठमाण्डौ । नेपाली काग्रेसले कामचलाउ सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेको भन्दै सरकारको बिरोध गरेको छ । अध्यादेश मार्फत बजेट आए आन्दोलनमा जाने कांग्रेसले निर्णय गरेको छ ।

सरकार विरुद्ध नयां आन्दोलनका कार्यक्रम, पार्टीको आन्तरिक रणनीति लगायतका बिषयमा छलफल गर्न नेपाली आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अध्यादेश मार्फत बजेट आए माओवादी थप निरङ्गकुश हुने निष्कर्ष निकाल्दै राजनैतिक सहमतीमा मात्र बजेट ल्यानु पर्नेमा जोड दिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो बसेको बैठक पछि नेताहरुले पार्टीभित्र देखिएको विवाद अन्त्यका बिषयमा पनि छलफल भएको जानकारी दिएका छन् । केन्द्रिय सदस्य सुजाता कोइरालाले संगठन बिबादका बिषयमा देउवा पक्षसंग कुरा मिलि सकेको जानकारी दिनु भयो ।

यता संस्थापन पक्षले बिबाद अन्त्यका लागी प्रयास नगरेको भन्दै विगत १० महिनादेखि केन्द्रीय समितिको औपचारिक बैठक बहिस्कार गर्दै आएको बरिष्ठ नेता शेरवहादुर देउवा पक्षले आजको बैठक पनि बहिस्कार गरेको छ । 

सभापति सुशिल कोइरालाले नेविसंघ, तरुणदल, महिलासंघ लगायतलाई पुर्नगठन गर्ने आश्वासन दिएको भन्दै देउवा पक्ष आजको बैठक सहभागी हुने बताए पनि अन्तिम समयमा आएर पुन: बहिस्कार गरेको हो । उसले भातृसंगठनका बिवाद नसुल्झिए सम्म केन्द्रीय समितिको बैठक बहिस्कार गर्ने बताएको छ । 

यसअघि आज बिहान देउवा पक्षधरका नेताहरुको बसेको बैठकले भातृसंगठनका विवाद टुगिंएपछि मात्र बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचारहरु