नरेश फुयांल, जेष्ठ–२९,काठमाण्डौ । नेकपा एमालेले सरकार स्वच्चारी ढङ्गले अघी बढेको भन्दै सडक संघर्ष चर्काउने निर्णय गरेको छ ।
आज बसेको पार्टीको स्थायी कमिटिको बैठकले बर्तमान कामचलाउ सरकारले राजनीतिक सहमती बिना बजेट ल्याउन लागेको भन्दै माओवादी नेतृत्वको बर्तमान सरकार स्वच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको हो ।
बैठकले सरकारले अध्यादेशमार्फत बजेट ल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । पार्टी भित्रको आन्तरीक विवाद समाधानका लागि बसेको स्थायी कमिटी बैठकले जनजाती नेताहरुलाई आफ्ना असन्तुष्टि र मागहरु बैठकमा राख्न आग्रह गरेको छ ।
बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले पार्टी एकतामा जोड दिँदै तत्काल विवाद समाधान गर्न आग्रह गरेका छन् । उनीहरुले पार्टीभित्र असन्तुष्ट रहेका आदिवासी जनजाती नेताहरुलाई लिखित रुपमै आफ्ना मागहरु प्रस्तुत गरेर समाधान निकाल्नु पर्नेमा जोड दिएका छन् ।
एमालेका आधीबासी जनजाती तथा मधेशबादी नेताहरुले पार्टीले आफ्मा माग संबोधन नगरेको पार्टी फुटाउने चेतावनी दिदै पार्टीका बैडक बहिष्कार गर्दै आएका छन् ।