एसएलसी परीक्षाको नतिजा सार्बजनीक
एसएलसी परीक्षाको नतिजा सार्बजनीक
Added: 2012 June 13

नरेश फुयाल,जेष्ट–३१ काठमाण्डौ । यसवर्षको प्रवेशिका अर्थाथत एसएलसी परीक्षाको नतिजा आज सार्बजनीक भएको छ ।
परिक्षा नियन्त्रण कार्यलयका अनुसार नियमीत तर्फ ४७ दशमलब १६ र एक्जाम्टेड तर्फ १३ दशमलब ७० प्रतिसत परिक्षार्थी उत्रीण भएका छन् ।

नियमीत तर्फ १ लाख ९७ हजार ६ सय ३८ र एक्जाम्टेड तर्फ १० हजार ५ जना उर्तीण भएका छन् ।

गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ संचालन भएको यसवर्षको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ जना गरी मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी सहभागी भएका थिए ।

 

सम्बन्धित समाचारहरु