माओवादीको जनसभा सुरु
माओवादीको जनसभा सुरु
Added: 2012 June 15

नरेश फुयांल, असार–१, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले समसामयिक राजनीतिका बारेमा जनतालाई प्रष्ट पार्न भन्दै अहिले राजधानीमा आमसभा गरिरहेको छ । आमसभालाई सम्बोधन गर्दै कृष्णबहादुर महराले संविधान सभाले कार्यभार पुरा

काठमाडौको खुल्लामञ्चमा जारी जनसभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्नुहुने माओवादीले जनाएको छ ।
संविधानसभा विघटनको कारणका बारेमा नागरिकलाई स्पष्ट पार्न र पहिचान सहितको संघीयताका पक्षधरलाई एक जुट गराउन जनसभा गर्नु परेको  माओवादीले जनाएको छ ।

जनसभा अघि माओवादीले काठमाडौका विभिन्न ठाउँबाट जुलुस निकालेको छ । कांग्रेस, एमाले, राप्रपा नेपाल लगायतका विपक्षी गठवन्धन दलहरुले यसअघि प्रदर्शन गरिसकेका छन । दलहरुले संविधानसभा भंग हुनुमा एक अर्कालाई दोषारोपण गदै शक्ति प्रदर्शन गर्दै आएका छन् ।
 

सम्बन्धित समाचारहरु