आबश्यक परे जनबिद्रोह वा जनुद्धमा जाने बैद्यको चेतावनी
आबश्यक परे जनबिद्रोह वा जनुद्धमा जाने बैद्यको चेतावनी
Added: 2012 June 19

नरेश फुयांल, असार–५,काठमाण्डौ । नवगठित नेकपा, माओवादीका अध्यक्ष मोहन बैद्यले संसदबाधका बिरुद्ध नया जनबादी युद्धमा जाने बताउदै आबश्यक परे जनबिद्रोह वा जनुद्धमा जान सकिने बताउनु भएको छ । 

एकीकृत नेकपा माओवादीबाट फुटेर नयाँ पार्टी गठन भएपछि त्यसको औपचारीक जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा बैद्यले विद्रोह तुरुन्तै हुने सम्भावना नभएपनि लामो तयारीपछि जनविद्रोहमा जाने समझदारी भने भएको बताउनु भयो ।

प्रचण्ड बाबुराम समूह नव संशोधनवादी समूह भएको टिप्पणी गर्दै उहाँले उनीहरुबाट जनताको हकहित र राष्ट्रको सार्वभौमसत्ता पनि रक्षा हुन नसक्ने स्पष्ट पार्नु भयो । प्रचण्ड र बाबुराम रुपान्तरण भएर आए महाधिवेशन अघि पनि एकताको सम्भावना रहेको स्पष्ट पार्नु भएका बैद्यले बर्तमान अवस्थामा भने त्यो सम्भब नभएको स्पष्ट पार्नु  भयो ।

बैद्यले पार्टी फुट्नुमा रिम र कम्पोसाको हात नरहेको दाबी गर्दै प्रचण्ड र बाबुरामको सत्ता लिप्सा र संशोधनबाद नै रहेको बताउनु भयो । राजा ज्ञानेन्द्रंग सांठगाठ गर्न पार्टी फुटाएको आरोप निराधार रहेको भन्दै उहाले सत्ता लिप्सामा रहेका कांग्रेस एमालेसंग पनि सहकार्य हुन नसक्ने बताउनु भयो ।

उहाले देशभक्त संयुक्त मोर्चा भने अहिले आबश्यक रहेको भन्दै त्यसको गठनमा बैद्यले पटक पटक दोहोर्‍याउनु भयो । अध्यक्ष बैद्यले संविधान सभाको पुनरस्थापना पनि हुन नसक्ने र नया निर्बाचन पनि गर्न नहुने भन्दै सर्बदलिय गोलमेच सम्मेलन गरेर सहमतीय सरकार गठन गरेर संविधान बनाउनु पर्नेमा जोड दिनु भयो ।

उहाले जातीय पहिचान सहितको ंविधान निर्माणमा आफ्नो पक्षले दबाब दिएपनि प्रचण्ड र बाबुराम पक्षले कांग्रेस एमालेसंग गला जोडेका कारण संविधान बन्न नसकेको आरोप लगाउनु भयो ।

बैद्यले एकिकृत नेकपा माओवादीसंग कुनै पूर्बाग्रह नराख्ने भन्दै आक्रमण भए तयसको प्रतिकार भने गर्ने चेतावनी दिनु भयो ।   
 

सम्बन्धित समाचारहरु