नरेश फुयांल, असार–५,काठमाण्डौ । नेपाल पत्रकार महासंघले आफ्ना सदस्य तथा राजधानी दैनिकका महोत्तरी सम्वाददाता कमलेश मण्डललाई अपरिचित समुहले ज्यान मार्ने धम्की दिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटनसँग सम्बन्धित समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार मण्डललाई हिजो मोबाईलबाट चारपटक फोन गरी ज्यान मार्ने धम्की दिएका महासंघले जनाएको छ ।
महासंघले आज इक बिज्ञप्ती निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने घटनाको निन्दा गर्दै धम्की दिने समुहको तत्काल पहिचान गरी कडा कारबाही गन सरकारसंग माग गरेको छ ।