राजनैतिक संकट निकासको उपाय दलिय सहमती, राष्ट्रपती
राजनैतिक संकट निकासको उपाय दलिय सहमती, राष्ट्रपती
Added: 2012 June 23

नरेश फुयांल,अजार–९,काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले मुलुकको विद्यमान राजनैतिक संकटको निकास दलहरुबीचको सहमतिबाट मात्र सम्भब भएको दोहोर्‍याउनु भएको छ ।

संक्रमणकालमा रहेको देशलाई निकास दिन दलहरु एक भएर अघि बढ्नुपर्ने भन्दै डा यादबले दलिय सहमति कायम गरी मुलुकलाई निकास दिन दलहरुसंग आग्रह दोहोर्‍याउनु भयो ।

आफुलाई भेट्न सितल निबास आएपुगनु भएका फोरम लोकतान्त्रिकबाट निष्काशित नेता शरदसिह भण्डारीसंग आज भएको भेटमा राष्ट्रपति डा यादबले संबिधानसभा बिघटन भईसकेको अबस्थामा तत्काल राजनैतिक सहमतिको बिकल्प नभएको  बताउनु भयो ।

भेटपछि नेता भण्डारीले राष्ट्रपति डा यादबले पछिल्लो राजनैतिक अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै तत्काल  सहमतिका लागि सवैले पहल गर्नुपर्ने बताएको जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचारहरु