एमाले नेता नेपाललाई कालो झण्डा
एमाले नेता नेपाललाई कालो झण्डा
Added: 2012 July 02

सुदिप पौडेल,असार १८ गते,काठमाण्डौं।नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई हङकङमा रहेका नेपालीहरुले कालो झण्डा देखाएका छन् ।
नेपाललाई संविधान नबनाएको र एकल पहिचानसहितको संघीयता नस्वीकारेको भन्दै कालो झण्डा देखाइएको हो । एमाले हङकङ कमिटिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागी एक समूहले ‘संघीयता विरोधी–मूर्दावाद’, ‘एकल पहिचानसहितको संघीयता–जिन्दावाद’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।

नाराबाजी गर्नेहरुले कार्यक्रमस्थल छाडेपछि नेता नेपालले आफूलाई एमालेभित्र आदिवासी जनजातिमैत्री नेता भएको दावी गर्दै अहिले बिरोध भएको देख्दा आश्चर्य लागेको बताउनु भयो ।  सबैले समान अवसर पाउनु पर्छ भनेर एमालेभित्र आफुले वकालत गरिरहेको नेपालको भनाई थियो ।

संविधान निर्माणको लागि पहिला राजनैतिक दलहरुले समझदारीको दस्तावेज तयार गर्नु पर्ने र त्यसपछि उपयुक्त विकल्पको खोजी गर्नु पर्ने भन्दै नेता नेपालले उयुक्त विकल्प आए संविधान सभाको पुनस्र्थापना हुन सक्ने बताउनु भयो । उहांले अबको चुनाव संविधान सभाको नभएर संसद र स्थानीय निकायको मात्र हुन सक्ने दाबी गर्नु भयो ।
 

सम्बन्धित समाचारहरु