आज गुरु पूर्णीमा, गुरुहरुप्रति श्रद्धा व्यक्त गरिंदै
आज गुरु पूर्णीमा, गुरुहरुप्रति श्रद्धा व्यक्त गरिंदै
Added: 2012 July 03

वसन्त शर्मा असार १९, काठमाडौ । आज गुरु पुर्णीमा । शिक्षा, सीप र संस्कार दिने गुरुप्रति श्रद्धा व्यक्त गरिदैंछ ।
शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक बिकासमा गूरुहरुको देनलाइ स्मरण गर्दै हरेक हरेक बर्ष असार शुक्ल पुर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ । आज विशेषगरी विद्यार्थीहरुले आफुलाइ शिक्षा दिने गुरुलाइ बिभिन्न सत्कार गरी उपहारहरु बाँडेर रमाइलो गर्दछन् ।

हिन्दु धर्मावलम्वीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहश्रनामका रचयीता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरुपूर्णिका  रुपमा मनाउने गरेका हुन् ।

आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङग पढाएकाले व्यासलाई प्रथम तथा सर्वश्रेष्ठ गुरु मानिन्छ । हिन्दु मान्यताअनुसार सङगीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका पनि गुरुकै कोटीमा पर्दछन् ।

यस्तै भगवान गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले बौद्ध धर्मावलम्विहरुले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रुपमा मनाउने गर्दछन् । गुरु पुर्णिमा छिमेकी देश भारतमा पनि निकै महत्वका साथ मनाइने गरिन्छ ।

सम्बन्धित समाचारहरु