हङ्कङमा नेपाली महिला सम्मानित
हङ्कङमा नेपाली महिला सम्मानित
Added: 2012 July 03

हङ्कङ सरकारले सामुदायिक सेवामा सक्रिय योगदान गरेवापत एक नेपाली महिलाई सम्मान गरेको छ । आफ्नो १५ औं स्थापना दिवसको वाषिर्की अवसरमा हङकङ सरकारले सामुदायिक सेवामा सक्रिय योगदान गरेवापत अरुणा गुरुङलाई ”चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सभिर्स” अवार्डले सम्मान गरेको हो ।

गुरुङ आधा दसकदेखि सरकार मातहत संचालित विभिन्न सामुदायिक संस्थाहरमा आबद्ध रहंदै आएकी छिन् । स्थानीय सरकारले हालै उहांलाई गृह मामिला विभाग अन्तर्गतको याउ चि मोङ साउथ एरिया कमिटी सदस्यमा दुई वर्षका लागि नियुक्त  गरेको छ । यसअघि गुरुङ्ग  गृह मातहतकै जातीय सद्भाव प्रर्वद्ध्धन समिति, सार्वजनिक मामिला फोरम, परिवहन विभाग अन्तर्गत सदस्य रहनु भएको थियो । 

हङ्कङ सरकारको सम्मानले सबै नेपालीको प्रतिष्ठा बढाएको अनुभूति भएको छ,” गुरुङले भनिन्, ”हङकङमा बसोबास गर्ने नेपाली लगायत अल्पसंख्यकहरलाई माथि उठाउन सरकारलाई घच्घच्याइ रहनेछु ।”

गतवर्ष गुरुङ्गका  पति कुलप्रसाद गुरुङलाई समेत उक्त अवार्ड प्ररदान गरिएको थियो । एकैखाले यस्ता सम्मान पाउने नेपाली ५ जना पुगेका छन् ।
 

सम्बन्धित समाचारहरु