श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्ष कैद
श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्ष कैद
Added: 2012 July 03

जिल्ला अदालत मकवानपुरले श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई ३५ वर्ष कैद गर्ने फैसला सुिनाएको छ भने घटनामा संलग्न तीन युवकलाई जनही ४४ वर्ष कैद गर्ने फैसला समेत गरेको छ ।

जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले जेठी श्रीमतीको हत्या गर्न आदेश दिएको र योजना बनाएको ठहर गर्दै छतिवन ९ का ३८ वर्षीय सेतेमान बललाई कैद गर्ने फैसला गरेको हो । हत्या गर्न आदेश दिएकोमा २० वर्ष र योजना बनाएकोमा १५ वर्ष गरी ३५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनाएको छ । 

उक्त घटनामा संलग्न राजेन्द्र भोलन, गणेश घेवा र चेतबहादुर भोलनलाई जवरजस्ती करणीसहित हत्या गरेको ठहर गर्दै जनही ४४ वर्ष कैद गर्ने फैसला गरेको हो । पति सेतेमान बलले राजेन्द्र, गणेश र चेतबहादुरलाई पैसा दिएर जेठी पत्नी ठूलीकान्छी बललाई बलात्कार गर्न लगाएर २०६८ असोज ६ गते हत्या गराएका थिए ।

यसैगरी जिल्ला अदालत मकवानपुरले दुई किशारीलाई भारतमा लगेर विक्री गरेको ठहर गर्दै बीरगञ्जका एक युवकलाइ ३५ बर्ष कैद गर्ने फैसला गरेको छ । अदालतले तीन लाख रुपैया जरिवानासहित पीडकवाट पीडितद्धयलाई ३–३ लाख रुपैया उपलब्ध गराउन पनि फैसला गरेको छ । जिल्ला न्यायाधिश टेकनारायण कुँवरको मंगलवार वसेको इजलाशले बीरगन्ज उपमहानगरका २६ वर्षीय राजकुमार सोनारलाई हेटौडा नगरपालिका ६ की दुई किशोरीलाई भारतको दिल्लीमा लगेर विक्री गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
 

सम्बन्धित समाचारहरु