प्रेस मैत्री बजेट ल्याउन पत्रकार महासंघको माग
प्रेस मैत्री बजेट ल्याउन पत्रकार महासंघको माग
Added: 2012 July 03

नेपाल पत्रकार महासंघले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरी प्रेस मैत्री बजेट ल्याउन माग गरेको छ । महासंघका कन्द्रिय अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गएको पत्रकारहरुको प्रतिनिधिमण्डलले आगामी बजेटले नेपाली प्रेस जगतका मद्धा सम्बोधन गर्नुपर्ने माग गरेको हो ।

महासंघले प्रधानमन्त्री समक्ष पेश गरेको मागपत्रमा आथिर्क वर्ष २०६९/०७० को वाषिर्क बजेटमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय भवन निर्माण, श्रमजीवी पत्रकारलाई वीमा, द्वन्द्व पीडित पत्रकारलाई राहत, पत्रकार कल्याण कोषमा सहयोग, लोक कल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि, अग्रज पत्रकार पेन्सन कोष स्थापना, पत्रकार महासंघ मिडिया तालिम केन्द्रलाई आवश्यक सहयोग हुनु पर्ने माग गरेको छ ।

वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कारलाई निरन्तरताका साथै महासंघका संस्थापक सभपाति कृष्णप्रसाद भट्टराईका नाममा स्थापित ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्न पनि महासंघले माग गरेको छ ।
 

सम्बन्धित समाचारहरु