अवरुद्ध समायोजन प्रक्रिया शुचारु हुनेमा अन्यौल कायमै
अवरुद्ध समायोजन प्रक्रिया शुचारु हुनेमा अन्यौल कायमै
Added: 2012 July 07

असार २३, कठमाडौ । भर्ना छनौटका क्रममा सेनाले तोकेको मापदण्डप्रति असहमति जनाउदैं माओवादीका पूर्व लडाकुहरुले वहिष्कार गरेपछि सेना समायोजन प्रक्रिया अनिश्चित वनेको छ ।

अबरुद्ध समायोजनको काम फेरि कहिलेदेखि शुरु हुन्छ भन्ने अन्योल रहेको छ ।  यस विषयमा सरकारसंग छलफल भैरहेको सेनाका प्रवक्ता सहायक रथी रमीन्द्र क्षेत्रीले बताउनुभयो । आफूहरुले सरकारको निर्देशन र सातबुँदे सहमति अनुसार काम गरिरहेकोले फेरि पनि सरकारले गर्ने निर्णय अनुसार नै काम हुने उहाँको भनाई छ । यस्तै लडाकुका सातौं डिभिजनका कमाण्डर सन्तु दराई परवानाले बुझाई फरक परेकाले काम रोकिएको र माथिल्लो तहमा छलफल गरी सहमति जुटाउने प्रयास भैरहेको बताउनुभयो ।

पछिल्लोपटक गरेको शिक्षा र अनमिनले प्रमाणित गरेको उमेरलाई मान्यता दिन माग गर्दै माओबादी लडाकुले विरोध गरेपछि छनौट प्रक्रिया रोकीएको हो । समायोजनका नाममा अपमानित ढंगले नयाँ भर्ना गरिएको भन्दै असन्तुष्टी जनाउँदै लडाकुले समायोजनको प्रक्रिया बहिस्कार गरेका छन् ।

सम्बन्धित समाचारहरु