नरेश फुयांल, असार–२३, काठमाण्डौ । प्रत्येक महिना जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अभियान अन्तरगत प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भक्तपुरको ताथली पुग्नु भएको छ ।
डा. भट्टराई पत्नी हिसिला यमी र केही सहयोगीहरुका साथ ताथली जानु भएको हो । उहाले आज साँझ स्थानीय जनता सँग प्रत्यक्ष अन्तरक्रिया गर्नुका साथै जनताकै घरमा नै बस्ने कार्यक्रम छ । उहाँ स्थानीय रामलाल नेमाफुकीको घरमा बस्नु हुने बताइएको छ ।
नेमाफुकी कम्युनिष्ट आन्दोलनका सक्रिय कार्यकर्ता हुनुहुन्छ । यसअघि प्रधानमन्त्री डा भट्टराई काठमाडौंको झोरमहांकाल पुग्नु भएको थियो ।