आजदेखी श्रीस्वस्थानी ब्रतकथा सुरु
आजदेखी श्रीस्वस्थानी ब्रतकथा सुरु
Added: 2013 January 26

हिन्दु नेपालीहरुको घर घरमा आजदेखी श्रीस्वस्थानी ब्रतकथा सुरु भएको छ । स्वस्थानी परमेश्वरीको ब्रत गरे मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक मान्यताका साथ आज पौषशुक्ल पूर्णिमा देखी माघशुक्ल पुर्णिमा सम्म ब्रत वसेर कथा भन्ने र सुन्ने परम्परा रही आएको छ । यस पर्वमा विशेषगरी महिलाहरु बिहान सबेरै उठी स्नान गरेर श्रीमहादेवको पूजा आराधना गर्छन् ।

सत्ययुगमा भगवान विष्ण्को निर्देशन अनुसार स्वस्थानीको व्रत अनुष्ठान गरेपछि पार्वतीले महादेवलाई पतिका रुपमा पाएको धार्मिक विश्वास छ । आजदेखी काठमाण्डौंको उत्तरी क्षेत्रमा पर्ने शालीनदीमा एक महिना सम्म विशेष मेला लाग्ने गर्दछ । श्रीस्वस्थानी ब्रत शुभारम्भ गर्न देशभरका अन्य नदी किनारमा पनि ब्रतालु महिला तथा पुरुषहरुको घुईंचो लागेको छ ।
 

सम्बन्धित समाचारहरु