चिसो कम भएपनि तराईको जनजीवन कष्टकर
चिसो कम भएपनि तराईको जनजीवन कष्टकर
Added: 2013 January 26

गएको हप्ता पानी परेपछि तराई र उपत्यकामा बढेको चिसो विस्तारै कम हुदै गएपनि तराईका अधिकांश क्षेत्रको जनजीवन भने अझै कष्टकर छ ।
तराईका अधिकास जिल्लाहरुमा बिहान बाक्लो हुस्सु लाग्ने तथा दिउँसो राम्ररी घाम नलाग्दा त्यहांको जनजीवन अझै कष्टकर रहेको हो । तर यो क्रम विस्तारै सुधार हुँदै गएकाले केही दिनमा सबै क्षेत्रको मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पानी नपरेसम्म भने बिहान केहीबेर हुस्सु लाग्ने क्रम जारी नै रहने बताएको महाशाखाले तत्काल पानी पर्ने सम्भावना भने नरहेको जनाएको छ ।
यता काठमाडौ र पहाडी क्षेत्रमा बिहान बेलुका चिसो भएपनि दिउँसोको तापक्रम भने बढ्दै गएको छ । आज विहान साढे ७ बजे ३ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम दिउ‘सो २० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ ।
 

सम्बन्धित समाचारहरु