डकबिस्तारमा कुटनितिक नियोगले सहयोग नगरेको गुनासो
डकबिस्तारमा कुटनितिक नियोगले सहयोग नगरेको गुनासो
Added: 2013 January 26

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले काठमाडौं उपत्यकाको बाटो फराकिलो पार्ने अभियानले गति लिन नसक्नुको दोष केही कुुटनितिक नियोगहरुलाई दिनुभएको छ ।
अमेरिका, चीन, रसिया र इटालियन दूताबासले सडक मिचेर बनाएका संरचना  नहटाएको सचिव बास्कोटाको गुनासो छ । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हाल्नु भएका सचिव बास्कोटा यतिबेला काठमाडौंको बाटो, खानेपानी लगायतका विषयमा केन्द्रित हुनु भएको श्रोतले जनाएको छ ।
सडक विस्तारका क्रममा सम्बन्धित दूतावासलाई पर्खाल लगायतका संरचना सार्न ध्यानाकर्षण गरेको भए पनि ती दूतावासले संरचना नहटाइदिँदा त्यस्ता कूटनीतिक नियोग रहेको ठाउँमा सडक विस्तारमा समस्या देखिएको सापकोटाको भनाई छ ।

उहांले सरकारले ती दूतावाससँग यस विषयमा छलफल र समन्वय गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई निर्देशन दिएको जानकारी दिनु भयो । बेलायती सहयोग नियोग डिएफआइडीले भने आफनो पुरानो पर्खाल भत्काएर सडकलाई जग्गा छाडिसकेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाभित्रका सडक विस्तार गर्ने सरकारको नीति अनुसार हालको चक्रपथलाई स्तरउन्नति गरेर आठ लेन चौडा बनाइने र चिनियाँ सरकारको सहयोगमा पहिलो चरणमा चक्रपथ विस्तारको काम कोटेश्वरदेखि सातदोबाटो हुँदै कलङकीसम्म गरिने बास्कोटाको भनाइ छ ।

 

सम्बन्धित समाचारहरु