आर्थिक विकासका लागी भारतसंग सम्बन्ध विस्तार गर्न नेपाललाई भारतको सुझाव
आर्थिक विकासका लागी भारतसंग सम्बन्ध विस्तार गर्न नेपाललाई भारतको सुझाव
Added: 2013 January 26

भारतीय संसद्को सार्वजनिक लेखा समितिका अध्यक्ष मुर्ली मनोहर जोशीले नेपालले  राजनीतिक विषयका साथै प्राविधिक एवं आथिर्क विषयमा भारतसंगको सम्बन्ध विस्तारमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आज राजधानीमा गरेको कार्यक्रममा भारतीय जनता पार्टीका वरिष्ठ नेता समेत रहनुभएका जोशीले नेपालको आथिर्क विकासका लागि भारतसँगको आथिर्क मुद्धा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भारतमा निर्यात बढाउन विशाखा पटनम बन्दरगाह प्रयोगमा ल्याउने विषयमा  तत्काल पहल गर्न आग्रह गर्नुभयो । सो बन्दरगाहबाट सामान ओसार पसार गर्न भारतले तीन वर्ष पहिले नै नेपाल सरकारलाई पत्र पठाइसकेको जनाउंदै त्यसको प्रयोग गर्न आग्रह गर्नुभयो ।

नेपालको आर्थिक विकास जलस्रोतबाटै हुने भन्दै राजदूत प्रसादले तत्काल १० हजार मेघावाट विद्युत उत्पादन गरे नेपालको प्रगति तीब्र हुने उल्लेख गर्नुभयो । 
 

सम्बन्धित समाचारहरु