पत्रकारलाई धम्कि दिएका छैनौं : एमाओवादी
पत्रकारलाई धम्कि दिएका छैनौं : एमाओवादी
Added: 2013 January 27

एकीकृत नेकपा माओवादीले आफूहरुले दैलेखका पत्रकारहरुलाई धम्क्याएर विस्तापित नगरेको दावी गरेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले आज एक विज्ञप्ती जारी गरेर पत्रकारहरुलाई धम्क्याउने, विस्थापित गर्ने पार्टीको नीति नभएको र यस्तो कार्यमा पार्टीको संलग्नता समेत नभएको स्पष्ट पार्नु भयो । 

पत्रकारहरुलाई निभिर्कतापूर्वक कार्य गर्ने वातापरणका लागि आवश्यक पहल गर्न सबैलाई आग्रह गरिएको विज्ञप्तीमा भनिएको छ–’दैलेखका सबै पत्रकारलाई आफ्नो कार्यक्षेत्रमा गएर कार्य गर्न पार्टीको तर्फबाट कुनै प्रकारको बाधा–व्यवधान छैन ।’
विज्ञप्तीमा माओवादीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रतिवद्धता समेत जनाएको छ ।
 

सम्बन्धित समाचारहरु