एस्प्रिनको प्रयोगले आँखाको ज्योतिमा असर पर्ने
एस्प्रिनको प्रयोगले आँखाको ज्योतिमा असर पर्ने
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । एस्प्रिनको बढी प्रयोगले आँखाको ज्योतिमा असर पर्ने खतरा बढी हुने एक अध्ययनले देखाएको छ ।विशेषगरी मुटु रोगीका लागि एस्प्रिनको नियमित सेवन खतरनाक हुने अध्ययनले दावी गरेको छ । एस्प्रिनको  नियमित सेवनले म्याक्यूलर डिजेनरेशन ए एमडीको खतरा दुई गुणाले बढ्ने अध्ययनमा उल्लेख छ ।
एएमडीका विरामीको आँखाको रेटिनाको बीच भागमा असर पर्ने र हेर्दा धब्बा जस्तो देखिने अनुसन्धानकर्ताले दावी गरेका छन् ।
अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा अध्ययनमा सहभागी गराइएका हरेक १० जनामध्ये एक जनाले कम्तीमा पनि हप्तामा एक पटक एस्प्रिन लिने गरेका पाइएको छ । अनुसन्धानकर्ताले चिकित्सकको सल्लाह सुझाव विना विरामीलाई एस्प्रिनको सेवन नगर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु