भेरी –कर्णाली बन्द
भेरी –कर्णाली बन्द
Added: 2013 January 28

माघ १५, काठमाण्डौ । पत्रकार डेकेन्द्र थापाका हत्याको आरोपमा आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपा–माओवादीले भेरी–कर्णाली अञ्चल बन्दको आह्वान गर्दा जनजीवन प्रभावित बनेको छ । बन्दको बजार पसल शिक्षण संस्था यातायात, कलखानामा  प्रभाब परेको छ । बन्दको कारण सुर्खेत, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा र मुगु जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
विपक्षीदलले पत्रकार थापाका हत्याराहरुलाई कारबाही गर्न माग गर्दै आन्दोलन जारी राखेका माओवादीले भने हत्याको अभियोगमा पक्राउ परेको बिरोधमा आन्दोलन सुरु गरेको हो । द्वन्द्वकालको घटना उठाएर मुलुकमा जारी शान्ति प्रक्रिया भाड्न खोजेको भन्दै बन्द आह्वान गरेको माओवादीले द्वन्द्वकालको घटना उठाउन नपाईने, दैलेख घटनाका दोषी भनिएकाहरुलाई तत्काल रिहा गर्नु पर्नेलगायतका माग राखेको छ ।

सम्बन्धित समाचारहरु