फेरी ५ पत्रकार घाईते
फेरी ५ पत्रकार घाईते
Added: 2013 January 29

काभ्रेको बनेपामा सत्तारुढ एकीकृत नेकपा माओवादी र काँग्रेस एमाले लगायतका विपक्षी दलका कार्यकर्ताबीच झडप भएको छ । बनेपाको तीन दोबाटोमा दुबै पक्षबिच झढप भएको हो ।
एकीकृत नेकपा माओवादीको दोश्रो जिल्ला अधिवेशन उद्घाटन गर्न पुग्नु भएका पार्टी उपाध्यक्ष समेत रहनु भएका  प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताको विरोधमा विपक्षीले प्रदर्शन थाले लगत्तै माओवादी कार्यकर्ताले पनि प्रदर्शनमा उत्रिएपछि स्थिती तनावपूर्ण बनेको हो ।
झडपमा ५ जना पत्रकार समेत घाईते भएका छन् । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने तयारी गरेका बिपक्षी दलका कार्यकर्तालाई माओवादीको भातृ संगठन वाईसीएलका कार्यकर्ताले ढुंगा प्रहार गरेपछि तीनदोबाटो तनावग्रस्त बनेको हो । 
 

सम्बन्धित समाचारहरु