विपक्षीले नमाने पनि जेठमै निर्बाचन : एमाओवादी
विपक्षीले नमाने पनि जेठमै निर्बाचन : एमाओवादी
Added: 2013 January 29

एकिकृत नेकपा माओवादीका शिर्ष नेताहरुले विपक्षि दलहरु तयार नभएपनि आउंदो जेठमा संविधान सभाको निर्वाचन गर्ने बताएका छन् ।
एकिकृत माओवादी ललितपुर जिल्लाको ७ औ अधिवेशन उद्घाटन गर्दै आज उनिहरुले विपक्षि दलहरुले नचाहंदैमा निर्वाचन नरोकीने बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमाले लगायत विपक्षि दल तयार नभएपनि जेठमा निर्वाचन गरेरै छाड्ने बताउनु भयो । आफनो अस्तित्व समाप्त हुने डरले निर्वाचन छाडेर विपक्षी दलहरु विरोधमा उत्रिएको बताउनु भएका अध्यक्ष प्रचण्डले अब जुनसुकै अवस्थामा पनि जेठमा संविधानसभा निर्वाचन गराई छाड्ने दावी गर्नु भयो ।
प्रधानमन्त्री समेत रहनु भएका उपाध्यक्ष डा बाबुराम भट्टराईले जेठमा संविधानसभा निर्वाचन गराएरै छाड्ने दावी गर्नु भयो । कांग्रेस र एमालेले नचाहे पनि उनिहरुलाई नत्थी लगाएर भएपनि चुनावमा सहभागी गराएरै छाड्ने प्रधानमन्त्री डा. भट्टराईको भनाई छ ।
 

सम्बन्धित समाचारहरु