सरकारले मंसिर ७ गते फेरि संविधानसभाको निर्वाचनको प्रस्ताव गरेपछि नेकपा एमालेसहितका साना दलहरुले मन्त्रिपरिषद् वहिस्कार
सरकारले मंसिर ७ गते फेरि संविधानसभाको निर्वाचनको प्रस्ताव गरेपछि नेकपा एमालेसहितका साना दलहरुले मन्त्रिपरिषद् वहिस्कार
Added: 2012 May 27

सरकारले मंसिर ७ गते फेरि संविधानसभाको निर्वाचनको प्रस्ताव गरेपछि नेकपा एमालेसहितका साना दलहरुले मन्त्रिपरिषद् वहिस्कार गरेका छन् ।

दलहरु संविधान निर्माण गर्न असफल भएपछि आइतबार राति करिव ११ बजेतिर बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावप्रति असहमति जनाउँदै एमाले, राप्रपा, परिवार दललगायतका मन्त्रीहरुले मन्त्रिपरिषद्को बहिस्कार गरेका हुन् । ँसंविधान संशोधन नगरी निर्वाचन घोषणा गर्ने अधिकार यो सरकारसँग छैन’ उपप्रधान एवं परराष्ट्रमन्त्री इश्वर पोखरेलले भन्नुभयो-’प्रधानमन्त्रीले एकलौटी रुपमा प्रस्ताव ल्याएपछि मैले बैठक बहिस्कार गरेका हौं ।’

मन्त्रिपरिषद् बैठक लगतै पोखरेलले आफूले उपप्रधान एवं परराष्ट्रमन्त्रीबाट राजीनामा दिएको बताउनु भएको छ । यता प्रधानमन्त्री डा। वावुराम भट्टराइले संसीर ७ गते नया सविंधान सभाको निर्वाचन मिति मन्त्रीपरिषदवाट निर्ण्र्ाागराउदै राष्ट्रपति कार्यालयमा गयका छन ।
 

सम्बन्धित समाचारहरु