जेठ १८, काठमाडौं । संविधानसभाको आगामी निर्वाचनका लागि माओवादीको संस्थापन वा वैद्य पक्ष को संग सहकार्य गर्ने भन्ने विषयमा नेकपा एकीकृत भीत्र विवाद उत्पन्न भएको छ ।
पार्टीको एउटा पक्ष एकीकृत माओवादीको संस्थापन पक्षसंग सहकार्य गर्ने सहमति जनाएको छ भने अर्को पक्ष मोहन वैद्य समुहसंगको छलफलमा लागेपछि विवाद उत्पन्न भएको हो । परी थापाले संस्थापन पक्षसंग सहकार्यका लागि संयुक्त वक्तयमा हस्ताक्षर गरेकोमा अर्का नेता नगेन्द्र राईले वैद्य पक्षसंगको छलफलमा सहकार्य गर्ने गरी सहभागीता जनाएपछि नेकपा एकीकृतको विवाद वाहिर आएको हो ।
यस विषयमा छलफलका लागि एकीकृतले आज विहान ११ बजेपछि पार्टी केन्द्रिय समितिको वैठक वोलाएको छ ।