प्रचण्ड र बैद्यको छलफल निष्कर्ष बिहिन
प्रचण्ड र बैद्यको छलफल निष्कर्ष बिहिन
Added: 2012 May 31

नरेश फुयाल, जेष्ठ–१८,काठमाण्डौ । फुटको संघारमा पुगेको पार्टीलाई जोगाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको प्रयास असफल भएको छ । उपाध्यक्ष मोहन बैद्यलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर अध्यक्षले गर्नु भएको अन्तिम प्रयाश बिफल भएको हो ।

दुबै नेता आआफ्नै अडानमा रहेकाले सहमती हुन नसकेको हो । सहमतीको अन्तिम प्रयाश भन्दै प्रचण्डले केन्द्रिय कमीटि बैठक केही समय पर सारेर बैद्यसंग छलफल गर्नु भएको हो ।  

बैद्य पक्षले अध्यक्ष प्रचण्डले राजीनामा दिएमात्रै पार्टी एकता हुने शर्त राखेको श्रोतको दाबी छ । प्रचण्डले आफूहरुलाई एउटै पार्टीमा भएको अनुभूति गर्न नदिएको आरोप लगाउंदै वैद्य निकट स्रोतले अध्यक्षले नेतृत्व त्यागेमा एकता हुन सक्ने वताएको छ ।

शान्ति र संविधान निर्माण प्रक्रियामा पार्टी पूरै असफल भएको र पार्टी नीति लागू नगरेकोले एकताका लागि प्रचण्डले नेतृत्व छोड्नु पर्ने वैद्य पक्षको अडान छ ।  संस्थापन पक्ष एकताका लागि पहल गर्दा पनि नमाने वैद्य पक्षलाई कारवाही गरेरै छाड्ने तयारीमा लागेको छ ।

सबै कुरामा संस्थापन पक्षले आत्मसमर्पण गरेको भन्ने बैद्य पक्षको आरोप पुष्टि नभएकोले आत्मालोचना गर्नुपर्ने नभए कारवाही भोग्नुपर्ने संस्थापन पक्षको भनाई छ ।
 

सम्बन्धित समाचारहरु