प्रधानमन्त्री डाबाुराम भट्टर्राईले बोलाउनु भएको सुरक्षा बैठक जारी
प्रधानमन्त्री डाबाुराम भट्टर्राईले बोलाउनु भएको सुरक्षा बैठक जारी
Added: 2012 June 01

सुरक्षा व्यवस्था कडा पारिएको भनिएको राजधानी शहरमै सर्बोच्चका न्यायाधिसमाथि आक्रमण भएपछि देशको सुरक्षा अवस्था बारे छलफल गर्न प्रधानमन्त्री डाबाुराम भट्टर्राईले बोलाउनु भएको सुरक्षा बैठक जारी छ ।
केहिबेर अघि प्रधानमन्त्री कार्यालय शिंहदरवारमा सुरु भएको सुरक्षा बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र उच्चपदस्थ ब्याक्तिहरुलाई कसरी सुरक्षा दिने भन्ने बिषयमा छलफल भईरहेको बताईएको छ ।
बैठकमा प्रधानमन्त्री ,गृहमन्त्री ,मुख्य सचिव गृहसचिब नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुको उपस्थीति रहेको छ । बैठकले आगामी सुरक्षा रणनितिमा केहि परर्ीवर्तन गर्ने बुझीएको छ ।
यसैबिच गृहसचिव शुशिल जंग राणाले संबिधान सभा बिगठन पछिको असन्तुष्टिका कारण सांकेतिक रुममा न्यायधिश रणबहादुर बमको हत्या भएको हुन सक्ने बताउनु भएको छ । उहाँले न्यायधिश हत्याले देशको सुरक्षा चुनौती थपिएको उल्लेख गर्नु भयो ।
 

सम्बन्धित समाचारहरु