सहमतिय सरकार गठनमा सघाउन कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको आग्रह
सहमतिय सरकार गठनमा सघाउन कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको आग्रह
Added: 2012 June 01

वसन्त शर्मा जेठ १९, काठमाडौ । कांग्रेस एमाले लगायत सरकार बाहिरका दलहरुले मोर्चावन्दि गरि सरकार ढाल्ने तयारी गरिरहेका वेला  प्रधानमन्त्री डा बाबुराम भट्टराईले सहमतिय सरकार गठनको पहल थाल्नुभएको छ ।

यसैक्रममा प्रधानमन्त्री भट्टराईले आज बिहान नेपाली कांग्रेसका सभापति शुसिल कोईरालालाई उहांकै निवास महाराजगंजमा भेटी राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ ।

भेटमा प्रधानमन्त्री भट्टराईले सहमतिको कुनै विकल्प नभएको भन्दै सहमतिका लागि अग्रसरता लिन र सहयोग गन आग्रह गर्नुभएको वुझिएको छ । सहमतिय सरकार गठनवाट नै मुलुकले निकास पाउने भएकाले प्रधानमन्त्रीले सहमतिको पहल थाल्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री

भट्टराईले हिजो बेलुकी नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटेर सहमतिका लागि आग्रह गर्नु भएको थियो ।

सम्बन्धित समाचारहरु