सरकार बिरुद्ध २६ गते देशब्यापी प्रद्र्शन
सरकार बिरुद्ध २६ गते देशब्यापी प्रद्र्शन
Added: 2012 June 01

नरेश फुयांल,जेष्ठ–१९,काठमाण्डौ । कांग्रेस, एमाले लगायतका १६ दलले बर्तमान सरकारको राजीनामाको माग गर्दै देश ब्यापी प्रदर्शन गर्ने भएका छन् ।

एमाले मुख्यालय बल्खुमा आज बिहान बसेको १६ दलको बैठकले यही जेष्ठ २६ गते देशबयापी प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सहमतीको सरकार निर्माणका लागी बर्तमान सरकारले तत्काल राजीनामा दिनु पर्ने दोहोर्‍याएको छ ।

सहमतीय राजनीतिका लागी प्रधानमन्त्री डा भट्टराईले राजीनामा दिएर मार्ग प्रसस्थ गर्नु पर्ने माग गरेको हो । एमालेको हिजो बसेको स्थायी समिति बैठकले अब कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार गठनका लागी सबैले पहल थाल्न सबैसंग आग्रह गरेको थियो ।

सरकारले अवैधानिक ढंगबाट निर्वाचन मिति घोषणा गरेको भन्दै कांग्रेस, एमाले र अन्य १४ साना दलहरुले सरकार बिरुद्ध मोर्चावन्दि गरेका छन् । 

 

सम्बन्धित समाचारहरु