सत्ता स्वार्थ र संघीयताका कारण संविधानसभा बिघटन, सिंह
सत्ता स्वार्थ र संघीयताका कारण संविधानसभा बिघटन, सिंह
Added: 2012 June 01

नरेश फुयांल,जेष्ठ–१९,काठमाण्डौ । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले सत्ता स्वार्थ र संघीयताका कारण संविधानसभा बिघटन भएको आरोप लगाउनु भएको छ । उहाले दलहरु जातीयता र क्षेत्रीयताबाट मुक्त नभएसम्म नयाँ संविधान बन्न नसक्ने ठोकुवा समेत गर्नुभयो ।

दाङको घोराहीमा आज पत्रकार सम्मेलनमा नेता सिंहले संघीयतामा जातीयता र क्षेत्रीयताको अवधारणा ल्याएकै कारण संविधानसभा बिघटन भएको जीकिर गर्नु भयो ।

जातीयताले स्वयं जनजातिहरुलाई पनि फाइदा नपुग्ने भन्दै नेता सिंहले जातीयता र संघीयताको नाममा बिदेशीहरुले अर्बौ खर्च गरेको दाबी गर्नु भयो । युरोपेली मूलुकहरुले नेपालमा जातीयता र क्षेत्रीयताको नाममा अर्बौ खर्च गरेर द्वन्द्व निम्त्याउन खोजेको सिंहको भनाई छ ।

संविधानसभाको बिघटनपछि देश राजनितिक अस्थिरतमा फसेको बताउदै उहाले दलहरुले राजनितिक सहमतिका आधारमा निकास खोज्नुको बिकल्प नभएको बताउनुभयो ।

 

सम्बन्धित समाचारहरु