सहमतीय राजनीतिमा दलहरुको जोड
सहमतीय राजनीतिमा दलहरुको जोड
Added: 2012 June 04

नरेश फुयांल, जेष्ठ–२२, काठमाण्डौ । मुलुकमा देखिएको बिद्यमान संवैधानिक संकट अन्त्यका लागि दलिय सहमति आबश्यक रहेको प्रमुख राजनीतिक दलका नेताहरुले बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा दलका नेताहरु यस्तो बताएका हुन् । नेपाली काग्रेंस केन्द्रीय सदस्य अर्जुनरसिह केसीले सरकारले घोषणा गरेको संविधान सभाको निर्वाचन हुन नसक्ने बताउनु भयो ।

केसीले घोषणा गरिएको संविधासभा निर्वाचन असंवैधानिक भएकाले संवैधानिक जटिलामा निर्वाचन हुन नसक्ने बताउनु भयो । अन्तरिम संविधानलाई संशोधन नगरि नयां निर्वाचन हुन नसक्ने भन्दै केसीले निर्वाचनका लागि सबै दलहरुबिच सहमति जुट्नु पर्ने बताउनु भयो ।
त्यस्तै नेकपा एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले एकिकृत माओवादीले जातियताको मुदा उठाएर देशलाई विखण्डनको बाटोमा लान लागेको आरोप लगाउनुभयो ।

नियोजितरुपमा माओवादीले सविधानसभा विघटन गरेको भन्दै उहांले माओवादीले मधेशी मोर्चा कै आडमा असंवैधानिक रुपमा चुनाव घोषणा गरेको दावी गर्नु भयो । कार्यक्रममा एकिकृत माओवादी पोलिव्युरो सदस्य अग्नीप्रसाद सापकोटाले संविधान सभाको चुनाव घोषणा गर्नु सरकारको रहर नभएको बताउनु भयो । उहांले दलहरुविच आरोप प्रत्यारोप नगरी सहमतिमा अगाडी बढ््रन सबैसंग आग्रह गर्नु भयो ।

सम्बन्धित समाचारहरु