कांग्रेस पूर्व सभासदहरु आज पनि छलफलमै
कांग्रेस पूर्व सभासदहरु आज पनि छलफलमै
Added: 2012 June 05

वसन्त शर्मा जेठ २३, काठमाडौ ।संविधानसभा पुनस्र्थापनाको अभियानमा लागेका नेपाली कांग्रेसका  पूर्व सभासदहरुले अन्य दलका पूर्व सभासदहरुसँगको छलफल आज पनि जारी राखेका छन् ।

अभियानमा समर्थन जुटाउन माओवादी, एमाले लगायतका दलका पूर्व सभासदहरुसँग छलफल भइरहेको पूर्व सभासद जीवनप्रेम श्रेष्ठले जानकारी दिनुभयो । पूर्व सभासदहरुसँगको छलफलपछि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने उनीहरुको तयारी छ ।

कांग्रेसका पूर्व सभासदहरुले हिजोमात्रै राष्ट्रपतिलाई भेट गरी यसबारे ध्यानाकर्षण गराइसकेका छन् । अहिलेको परिस्थितिमा नयाँ चुनावमा जानुभन्दा भन्दा केही दिनको लागि मात्रै भएपनि संविधानसभा पुनस्र्थापना गरि संविधान निर्माणको काम टुंगाउनु उपयुक्त हुने उनीहरुको तर्क छ ।

सम्बन्धित समाचारहरु