सत्तारुढ र विपक्षी दलहरु एक अर्का विरुद्ध रणनिति तय गर्दै
सत्तारुढ र विपक्षी दलहरु एक अर्का विरुद्ध रणनिति तय गर्दै
Added: 2012 June 05

वसन्त शर्मा जेठ २३, काठमाडौ । एकअर्का बिरुद्ध मोर्चाबन्दीमा लागेका दलहरु आज पनि छुट्टाछुट्टै भेला र छलफलमा जुटेका छन्

एकिकृत नेकपा माओवादी सहित सत्तारुढ दलले संविधानसभा विघटन र आगामी निर्वाचनका बारेमा धारणा सार्वजनिक गर्न आज वृहत अन्तक्र्रिया आयोजना गरेका छन् ।

राजधानीको होटेल याक एण्ड यतीमा दिउंसो २ वजे आयोजित अन्तक्र्रियमा नागरिक समाज, उद्योग वाणिज्य सङघ, नेपाल उद्योग  परि सङघ, पेशागत सङघ सस्था, नेपाल बार एशोसियसन लगायतका दुई दर्जन बढी सङघ सस्थालाई आमन्त्रण गरिएको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा सत्तासीन दलहरुले आफनो धारणा प्रष्ट पार्ने र अन्तक्र्रियाबाट आएका सुझावका आधारमा अगाडि बढ्ने समेत मन्त्री यादवले वताउनुभयो । कांग्रेस–एमाले सहितका विपक्षी दलहरुले सरकार बिरुद्धको मोर्चाबन्दीलाई तीव्र पारेपछि सरकारमा सहभागी दलहरुले पनि सोही अनुसारको रणनीति तय गरेका हुन् ।

यता सरकारले एकतर्फी रुपमा चुनाव घोषणा गरेको बिरोधमा आगामी २६ गते प्रदर्शन गर्ने तयारीमा रहेका कांग्रेस एमाले लगायतका दलहरुको बैठक पनि आज बस्दैछ ।

बैठकमा जनप्रदर्शनको तयारी र व्यवस्थापनको विषयमा छलफल हुने कांग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु