वसन्त शर्मा जेठ २३, काठमाडौं । मन्त्रीपरिषद बैठक अहिले वसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ । आजको बैठकमा विशेष गरी संविधानसभा विघटनपछिको अबस्था, निर्वाचन लगायतका बिषयमा पनि छलफल हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।
संविधानसभा विघटनपछि मन्त्रीपरिषदको बैठक पहिलोपटक बसेको हो ।