संविधान सभाको पुनरस्थापना हुन नसक्ने गच्छदारको जीकिर
संविधान सभाको पुनरस्थापना हुन नसक्ने गच्छदारको जीकिर
Added: 2012 June 05

नरेश फुयांल, जेष्ठ–२३,काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले संविधान पुनस्र्थापना गर्न सकिने बताए लगत्तै गठवन्धनकै एक नेता बिजयकुमार गच्छदारले त्यो संभव नभएको बताउनु भएको छ ।

संविधान सभा पुनरस्थापना हुनै नसक्नै जीकिर गर्दै गच्छदारले भन्नुभयो–’कसले र कसरी गर्न सक्छ पुनस्र्थापना ?’ पहिले राजामा कार्यकारी अधिकार भएका कारण संसद पुर्नस्थापना भएपनि अहिले त्यो अबस्था नभएको उहाको भनाई छ ।

उहाले नयाँ चुनाव नै एकमात्र विकल्प भएको बताउनु भयो । गच्छदारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक बसाउन सहयोग नगरेको आरोप लगाउनु भयो ।


 

सम्बन्धित समाचारहरु