बृहत् जनसभालाई सफल बनाउन नेवा: राज्य समिति कार्यकर्तालाई निर्देशन
बृहत् जनसभालाई सफल बनाउन नेवा: राज्य समिति कार्यकर्तालाई निर्देशन
Added: 2012 June 10

नरेश फुयांल, जेष्ठ–२८, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले आगामी असार १ गतेका लागी बोलाइएको बृहत् जनसभालाई सफल बनाउन आज नेवा: राज्य समितिका कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

ललितपुरस्थित खन्ना गार्मेन्टमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरी  नेवा: राज्य समितिका सचिव नारायण दाहालले कार्यक्रमलाई सफल बनाउन प्रत्येक घरबाट सहभागिताका लागि आह्वान गर्नु भएको छ । 

दाहालले जनप्रर्दशन रणनीतिक भएको भन्दै त्यसलाई सफल बनाउन सबैसंग आग्रह गर्नु भयो । एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हिसिला यमीले पहिचान सहितको सङघीयता र सङघीयता सहितको संविधान कांग्रेस र एमालेका कारण आउन नसकेको बारे जनतालाई जानकारी गराउनका लागि जनप्रर्दशन कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो । जनप्रदर्शनमा विभिन्न आदिवासी जनजाति नेताहरुले समेत सहभागिता जनाउने  बताइएको छ ।

सम्बन्धित समाचारहरु