कांग्रेसले केन्द्रीय समिति बैठक भोलीबाट सुरु
कांग्रेसले केन्द्रीय समिति बैठक भोलीबाट सुरु
Added: 2012 June 10

नरेश फुयांल, जेष्ठ–२७,काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव वसन्तकुमार गौतमले आज विज्ञप्ती निकालेर भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी गराउनु भएको छ ।

बैठकमा संविधान सभा विघटनपछिको अवस्था, २७ दलको आमसभाको समीक्षाका साथै पार्टी आन्तरिक विवादबारे छलफल हुने बताइएको छ ।
एकिकृत नेकपा माओवादी सत्ता कब्जाको षड्यन्त्रमा लागेको भन्दै एमाले सहित साना दलसँग मोर्चाबन्दी गरी आन्दोलन सुरु गरेको एमालेको केन्द्रिय समिति बैठक बसिसकेको छ भने कांग्रेसको भोलीबाट सुरु हुन लागेको हो । 


 
 

सम्बन्धित समाचारहरु