सहमति जुटे डा भट्टराईले तत्काल राजीनामा दिने श्रेष्ठको दाबी
सहमति जुटे डा भट्टराईले तत्काल राजीनामा दिने श्रेष्ठको दाबी
Added: 2012 June 10

नरेश फुयांल, जेष्ठ–२७,काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुवीच राष्ट्रिय सहमति जुटे प्रधानमन्त्री डा वावुराम भट्टराईले तत्काल राजीनामा दिने दाबी गर्नु भएको छ ।

सर्लाहीको हरिवनमा आज आयोजित पत्रकार भेटघाटमा उहांले राष्ट्रिय सहमती भए एक मिनेट पनि डा भट्टराई प्रधानमन्त्रीको कुर्सिमा नबस्ने स्पष्ट पार्नु भयो । राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै श्रेष्ठले दलहरुलाई सहमतिय राजनीतिमा आउन आग्रह गर्नु समेत भयो ।

मन्त्री संघीयता विरोधीका कारण कार्यभार पुरा नगरी ंविधानसभा विघटन भएको आरोप लगाउनु भयो । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहनु भएका मन्त्री श्रेष्ठले माओवादीले संघीयताका विषयमा धेरै लचकता अपनाएपनि काँग्रेस–एमालेलेको अडानका कारण संघीयतामा सहमति जुट्न नसक्दा संविधान सभा बिगटन भएको दाबी गर्नु भयो ।

 

सम्बन्धित समाचारहरु