एमाले स्थायी कमिटि जारी
एमाले स्थायी कमिटि जारी
Added: 2012 June 11

नरेश फुयांल, जेष्ठ–२९,काठमाण्डौ । पार्टी भित्रको आन्तरीक विवाद समाधानका लागि जारी नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक पनि आन्तरीक बिबाद समाधानमै केन्द्रित रहेको छ ।  

पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले पार्टी एकतामा जोड दिँदै तत्काल विवाद समाधान गर्न आग्रह गरेका बैठक श्रोतले जनाएको छ । उनीहरुले पार्टीभित्र असन्तुष्ट रहेका आदिवासी जनजाती नेताहरुलाई लिखित रुपमै आफ्ना मागहरु प्रस्तुत गरेर समाधान निकाल्नु पर्नेमा जोड दिएका छन् ।

बैठकमा असार ४ र ५ मा बोलाइएको पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीको बारेमा छलफल हुने र सो भेलामा सहभागी हुनेहरुको मापदण्डको बारेमा छलफल गरी त्यसलाई अन्तिम रुपदिने विषयमा पनि छलफल गरिने सचिव शंकर पोख्रेलले जानकारी दिनुभयो ।

पार्टी भित्रको आन्तरीक गतिविधिका बारेमा जानकारी दिन र भाबी रणनीति जानकारी गराउन एमालले असार ४ र ५ गतेका लागि पार्टीको राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सम्बन्धित समाचारहरु