प्रधानमन्त्री बाबुराम भट्टराई अहिले काठमाडौंको महांकाल क्षेत्रमा
प्रधानमन्त्री बाबुराम भट्टराई अहिले काठमाडौंको महांकाल क्षेत्रमा
Added: 2012 June 14

महिनामा एकदिन सर्वसाधारण जनतासँग विताउने निर्णय गर्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराई अहिले काठमाडौंको महांकाल क्षेत्रमा पुग्नुभएको छ ।
हिजो बेलुका झोंर महांकालमा पुग्नुभएका प्रधानमन्त्री भट्टराईले बेलुका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले मुलुकको पछिल्लो राजनीतिक अबस्था, संविधानसभा विघटन लगायतमा जनताले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
त्यस्तै आजै बिहानदेखि प्रधानमन्त्री भट्टराईले नेपालटार क्षेत्रमा स्थानीय बासिन्दाले तयार पारेको फार्म निरिक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु