नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा रहेका मन्त्रीहरु सार्वजनिक सभाहरुमा उपस्थित भए बहिस्कार गर्ने
नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा रहेका मन्त्रीहरु सार्वजनिक सभाहरुमा उपस्थित भए बहिस्कार गर्ने
Added: 2012 June 14


नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा रहेका मन्त्रीहरु सार्वजनिक सभाहरुमा उपस्थित भए त्यस्ता कार्यक्रम आजैदेखि बहिस्कार गर्ने भएको छ ।
साथै प्रधानमन्त्री र मन्त्रीहरु सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा कालोझण्डा देखाउने कांग्रेसले जनाएको छ ।

हिजो बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले असार ३ देखि १६ गतेसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरिक विवादका कारण लामो समय उपस्थित नभएको वरिष्ठ नेता शेरवहादुर देउवा पक्ष नेताहरु विवाद नमिलेसम्म सहभागि नहुने निर्णय गरेका छन् । उनीहरुले नेविसंघ केन्द्रीय समितिमा सहभागि हुनेहरुको नामावली बुझाएपनि सभापति सुशील कोइरालाले समावेश नगरेको बताएका छन् ।


 

सम्बन्धित समाचारहरु