अध्यादेश ल्याउनेवारे छलफल गर्न मन्त्रीपरिषद वैठक वस्दै
अध्यादेश ल्याउनेवारे छलफल गर्न मन्त्रीपरिषद वैठक वस्दै
Added: 2012 June 15

वसन्त शर्मा असार १, काठमाडौ । सरकारले ल्याउने तयारी गरेको अध्यादेशका विषयमा छलफल गर्न अहिले मन्त्री परिषदको बैठक बस्दैछ । 

सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धि कानुनहरु नबन्दा मुलुक कालोसूचीमा पर्ने भएपछि सरकारले अध्यादेशमार्फत ती कानुनहरु ल्याउने तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुरु हुनै लागेको बैठकमा सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी विभिन्न विधेयक ल्याउने विषयमा छलफल हुने छ ।

तर कांग्रेस एमाले सहितका विपक्षी गठनवन्धन दलले  कामचलाउ सरकारले एकलौटी रुपमा अध्यादेशमार्फत विधेयक पारित गर्न नमिल्ने भन्दै आएकाले उक्त विधेयक ल्याउन प्रधानमन्त्रीले उनीहरुको पनि सहमति लिनुपर्ने देखिएको छ ।

सम्पत्ति शुद्धिकरण सम्वन्धि विधेयक नवने आगामी साता शुरु हुने अन्तराष्ट्रिय वित्तीय कार्यदल एफएटिएफको बैठकले नेपाललाई कालोसूचिमा राख्ने सम्भावना बढेको छ ।

सम्बन्धित समाचारहरु