एकीकृत माओवादीले आज राजधानीमा जनसभा गर्दै
एकीकृत माओवादीले आज राजधानीमा जनसभा गर्दै
Added: 2012 June 14

वसन्त शर्मा असार १, काठमाडौ । एकीकृत नेकपा माओवादीले समसामयिक राजनीतिका बारेमा जनतालाई प्रष्ट पार्न भन्दै आज राजधानी आमसभा गदैछ ।

दिउँसो एक बजे काठमाडौको खुल्लामञ्चमा हुने जनसभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्नुहुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

संविधानसभा विघटनको कारणका बारेमा नागरिकलाई स्पष्ट पार्न र पहिचान सहितको संघीयताका पक्षधरलाई एक जुट गराउन जनसभा गर्न लागिएको माओवादीले जनाएको छ । जनसभा अघि माओवादीले काठमाडौका विभिन्न ठाउँबाट शक्ति प्रदर्शनको तयारी समेत गरेको छ ।

कांग्रेस एमाले लगायतका विपक्षी गठवन्धन दलहरुले यसअघि प्रदर्शन गरिसकेका छन । राप्रपा नेपालले पनि यस्तै खाले प्रदर्शन गरेको थियो । दलहरुले संविधानसभा भंग हुनुमा एक अर्कालाई दोषारोपण गदै शक्ति प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु